फेरी अर्को बम बिस्फोट, एक महिला पक्राउ


प्रकाशित मिति : बैशाख ३०, २०७५ आईतबार

सुर्योदय यातायात प्रालिको बस ग्यारेजमा बम विस्फोट गराएको आरोपमा झापा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेत्रबहादुर चन्द विप्लव नेतृत्वको नेकपामा आवद्ध मेचीनगर ८ निवासी २६ वर्षीय स्मृति रिजाल रहेको झापा जिल्लाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए । पक्राउ परेकी रिजाल नेकपा मेचीनगरका न्याय विभाग प्रमुख रहेको प्रहरीको भनाई छ ।

पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखिएको छ । आइतबार बिहान करिब ३ बजे मेचीनगरपालिकास्थित सुर्योदय यातायात प्रालिको बस ग्यारेजमा सकेट बम विष्फोट भएको थियो ।

उक्त बमले सुर्योदय यातायात प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको बसमा क्षति पुगेको छ । सोही बसमा विस्फोट गराएको आरोपमा रिजाल पक्राउ गरेको प्रहरीको दावी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com