भारतमा बलात्कारपछि किशोरीलाई जिउँदै जलाइयो,एक हप्ताभित्र यो तेस्रो घटना


प्रकाशित मिति : बैशाख २९, २०७५ शनिबार

भारतको मध्य प्रदेशमा एकजना किशोरीको बलात्कारपछि जलाएर हत्या गरिएको छ।

भारतमा गत एक हप्ताभित्र यस्तो भएको यो तेस्रो घटना हो।

मध्य प्रदेशको सागर जिल्लामा १६ वर्षीया किशोरीलाई बलात्करपछि उनकै घरमा मट्टितेल छर्केर जलाइएको हो।

प्रहरीका अनुसार किशोरीले बलात्कारबारे आफन्तहरूलाई बताइदिने भनेपछि उनको हत्या गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आरोपित
प्रहरी अधिकारी कमल ठाकुरले स्थानीय पत्रकार शुरेह नियाजीलाई भने, “घटना भएको बेला पीडित किशोरीको परिवारका सदस्य घरमा थिएनन्। आरोपितलाई पक्राउ गरिएको छ र सोधपुछ भइरहेको छ।”

घटना भएको जिल्ला मध्य प्रदेशका गृहमन्त्री भूपेन्द्र सिंहको क्षेत्रमा पर्छ।

सोही प्रकृतिका दुईवटा घटना यसै हप्ता झारखण्ड राज्यमा भएका थिए। एक युवतीको मृत्यु भएको थियो भने अर्को घाइते भएकी थिइन्।

हालै एकजना आठ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्यासहित अन्य दुई फरक बलात्कारका घटना बारे भारतभरि आक्रोश व्यक्त गरिएको छ।

त्यसपश्चात् भएका व्यापक विरोध प्रदर्शनहरूपछि भारत सरकारले १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था ल्यायो।

प्रवृत्ति
भारतमा कैयौँ गम्भीर प्रकृतिका अपराधमा मृत्युदण्डको सजाय दिइन्छ।

तर बालिका बलात्कार गर्नेलाई अहिलेसम्म त्यस्तो सजायको व्यवस्था गरिएको थिएन।

सन् २०१६ मा झण्डै ४० हजार बलात्कारका घटनाबारे उजुरी परेको थियो।

तर बलात्कार तथा यौन हिंसालाई सामाजिक कलङ्कका रूपमा हेरिने कारणले कैयौँ घटनाको उजुरी नै नपर्ने ठानिन्छ।

बीबीसीका सौतिक विश्वास लेख्छन्, शक्ति प्रदर्शन र कमजोर वर्गलाई तर्साउन भारतमा बलात्कारलाई अस्त्रको रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com