ओष्ठस्पर्शका प्रकारका बारेमा तपाईंलाई जानकारी छ ?

प्रकाशित मिति : कार्तिक ११, २०७३ बिहीबार

नबोलिकनै मनका भावनाका बारेमा बताउन चुम्बन प्रभावकारी माध्यम हो । यसमा रचनात्मकता देखाउने प्रशस्त स्थान छ । आउनुस् जानौं चुम्बनका केही प्रकार :

फ्रेन्च किस
चुम्बनको सबभन्दा कामुक प्रकार हो यो । शुरूमा तपाईं आफ्नो प्रेमीको ओठमा बिस्तारै आफ्नो ओठ टाँस्नुस् । हतार नगर्नुस्, यो स्वर्गीय क्षणको क्रमिक आनन्द लिनुस् । त्यसपछि बिस्तारै जिभ्रो निकाल्नुस् र पार्टनरको जिभ्रोमा छुआउनुस् ।

सिंगल लिप किस
प्रेमीको ओठलाई आफ्ना ओठले च्याप्ने यो रोमान्टिक तरिका प्रेम दर्शाउनका लागि पर्फेक्ट छ । पहिला बिस्तारै नजिकिनुस् र पार्टनरको ओठ खोज्नुस् । त्यसपछि कोमल तरिकाले रोमान्टिकताका साथ ओठ चुस्नुस् । टोक्ने काम नगर्नुस्, दाँतलाई बिर्सनुस् । आफ्ना ओठका बीचमा प्रेमीको एउटा ओठ च्यापेर चुस्दा बलियो सन्देश पुग्छ ।

माउसुली किस
माउसुलीले जिभ्रो निकालेको देख्नुभएको छ ? यो किसमा पनि त्यसैगरी प्रेमीप्रेमिकाले जिभ्रो निकल्छन् र ओठको प्रयोग नगरिकनै एकअर्कालाई किस गर्छन् । कसैकसैलाई यो फोहोरी तरिका लाग्ला तर अन्तरंग क्षणहरूमा यसको महत्व बेग्लै छ ।

अमेरिकी किस
अमेरिकी किसमा जिभ्रोको प्रयोग हुँदैन । आफ्नी प्रेमिकालाई कम्मरमा समातेर नजिक्याउनुस् र बेस्सरी चुमेर शरीरमा टाँस्नुस् । उनको ढाड आफ्नो हातमा अड्याएर झुकाउनुस् अनि रोमान्टिक क्षणमा हराउनुस् । यसले तपाईं दुवैलाई कामुक आवेग दिलाउँछ ।

बरफ किस
दुवैजनाले ओठको बीचमा बरफको टुक्रा राख्नुस् र किस गर्न थाल्नुस् । बरफ मुखमा नपग्लुन्जेल प्यासनका साथ किस गर्नुस् । यो चुम्बनले तपाईंको पार्टनरको रौं ठाडो बनाइदिन्छ ।

निबल किस
यो क्युट र कामुक किस हो । पार्टनरको तल्लो ओठलाई हल्कासँग टोक्नुस् । बेस्सरी टोक्नुभयो भने दुख्छ र रोमान्स नै मर्छ । सेक्सको शुरूवातमा यो किस गर्दा तपाईं आनन्द कैयौं गुणा बढ्छ ।

लिप ट्रेस किस
पार्टनरको ओठमा मायालु पाराले जिभ्रो घुमाउनुस् र घरिघरि चुम्बन गर्नुस् । यसले तपाईंको क्रीडामा मसला थप्छ अनि पार्टनरलाई उत्तेजित बनाउँछ ।

स्रोत :द टाइम्स अफ इन्डिया

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com