मोदीलाई स्वागत गर्न तयार जनकपुर : १ सय १ साधुको शंखनाददेखि १ सय २१ किलोको मालासम्म


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरधाम तयार भएको छ ।

प्रदेश नम्बर–२, को प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले मोदीलाई जनकपुरमा भव्य स्वागत एवं अभिनन्दन गर्न झण्डै दुई हप्तादेखिको तयारी लगभग पुरा भएको बताएका छन् ।

मञ्च व्यवस्थापनको काम राति १२ बजेसम्ममा सक्ने तयारी रहेको प्रदेश २ का गृह तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो ।

मोदीले जानकी मन्दिरमा पूजाआजा गर्नुहुनेछ भने एतिहासिक बाह्रविघा रंगभूमि मैदानमा अभिनन्दन र सम्बोधनको कार्यक्रम छ । जसका लागि जानकी मन्दिर प्राङ्गणमा केशरिया रंगको कपडा तथा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीका तस्वीर सहितको होर्डिङ बोर्ड राखेर सजाईएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रामानन्द चोकदेखि जानकी मन्दिर र जनकपुर विमानस्थलदेखि मुरली चोकसम्मको सडक कालोपत्रे गरिएको छ । मोदीको स्वागतका लागि विमानस्थलदेखि मुरली चोक, विश्वकर्मा चोक, भ्रमरपुर चोक, रामानन्द चोक र जानकी मीन्दरसम्म दर्जनौं स्वागतद्वार निर्माण गरिएको छ ।

गेटमा पनि मोदीको स्वागत सहितको व्यानर झुण्ड्याईएको छ । ठाउँठाउँमा नेपाल भारतको झण्डा लगाएर सजाईएको छ ।

बाह्रविघा र विवाहमण्डपको भित्तामा रामायणकालिन झझल्को दिने मिथिला चित्रकला कोरेर आकर्षक बनाइएको छ । बाह्रविघा मैदानमा मोदीको नागरिक अभिनन्दन एवं सम्बोधनको लागि आजसम्मकै ठुलो र आकर्षक मञ्च निर्माण गरिएको छ भने एकलाखभन्दा बढी नागरिक अटाउने पण्डाल खडा गरिएको छ ।

मोदीको सुरक्षाका लागि जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी साढे ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश नम्बर २ का गृहमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

विमानस्थलदेखि जानकी मन्दिर र बाह्रविघा रंगभूमि मैदानमा ४६ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । जानकी मन्दिरमा बिहीबार दिउँसो १२ बजेदेखि सर्वसाधारणलाई प्रवेश निषेध गरको छ । जानकी मन्दिर , जनकपुर विमानस्थल र बाह्रविघा रंगभूमि मैदान सुरक्षाकर्मीको घेरामा छ । जनकपुरमा जताततै सुरक्षाकर्मी देख्न सकिन्छ ।

मोदीको अभिनन्दनमा प्रदेशका आठवटै जिल्लाबाट एक लाखभन्दा बढी सर्वसाधारण उतार्न सबै स्थानीय तहलाई प्रदेश सरकारले निर्देशन दिएको छ । मोदीको जनकपुर भ्रमणलाई उत्सवको रुपमा मनाउन समेत प्रदेश सरकारले आग्रह गरको छ । प्रदेश नं. २ मा शुक्रबार सार्वजनिक विदा समेत दिइएको छ ।
जनकपुरमास्थानीय प्रशासनले विहीबार मोदीको स्वागत र अभिनन्दको पूर्वअभ्यास समेत गरेको छ ।
यस्तो छ भ्रमण तालिका
भारतीय प्रधानमन्त्री मोदी भारतीय सेनाको हेलिकप्टरबाट शुक्रबार विहान १० बजेर १५ मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गर्नुहुनेछ । विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत लगायत प्रदेशका मन्त्रीले मोदीको स्वागत गर्नुहुने छ ।

त्यसपछि त्यहाँबाट मोदी जानकी मन्दिर पुग्नुहुनेछ । जानकी मन्दिरमा उहाँले विशेष पूजाअर्चना गर्ने कार्यक्रम छ । पूजाअर्चनाको बेला एक सय एक साधुले एकैपटक शंखनाद गर्नेछन् । झण्डै ४५ मिनेट जानकी मन्दिरमा विताउने मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेहुनेछ ।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट जनकपुर चुरोट कारखानामा ओर्लेर समकक्षीलाई स्वागत गर्न त्यही समयमा पुग्नुहुनेछ ।

दुवै प्रधानमन्त्रीले भेटवार्ता पनि गर्ने तालिका छ । त्यस्तै दुवै प्रधानमन्त्रीले जनकपुरबाट अयोध्या चल्ने बसलाई हरियो झण्डा देखाएर रमायणकालिनस्थल जोड्ने रामायण सर्किटको शुभारम्भ गर्नुहुनेछ ।

जानकी मन्दिरमा पुजाआजा सकेर मोदी एतिहासिक बाह्रविघा रंगभूमि मैदानमा पुग्नुहुनेछ ।

मोदीलाई बाह्रविघा मैदानमा जनकपुर उपमहानगरपलिकाका मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गर्नुहुनेछ । अभिनन्दन पत्र ताम्रपत्रमा नेपाली भाषामै लेखिएको भएपनि मैथिली भाषामा पढेर सुनाउने मेयर साहले बताउनुभयो । उहाँको अभिनन्दन मैथिली भाषामा गर्ने जनकपुर उपमहानगरपालिाकको योजना छ ।

स्वागत एवं अभिनन्दन समारोहमा मोदीलाई १ सय २१ किलोको फुलको माला पनि पहिराइनेछ । नागरिक अभिनन्दन पश्चात मोदीले समारोहलाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि भारतीय प्रधानमन्त्री मोदी काठमाडौं प्रस्थान गर्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com