कुलतको शिकार बन्दै विदेशिएका युवा


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

काठमाडौं – राजधानीमा बसिरहेका उज्ज्वल प्लस टु पास गरेपछि परिवारसँगै अस्ट्रेलिया गए । उनी मेलबर्नमा बस्न थाले, परिवार अर्कै राज्यमा । ८ कक्षा पढदै मदिरा पिउन सिकेका थिए ।

अस्ट्रेलिया गएपछि झन् स्वतन्त्र भए, मदिरा सेवन बढाउँदै गए । ‘पढाइमा मन गएन, बरु कुनै काम गर्छु भनें,’ बूढानीलकण्ठस्थित एक पुनस्स्थापना केन्द्रमा बसिरहेका उनले भने, ‘सार्वजनिक स्थलबाहेक अन्य ठाउँमा मादकपदार्थ खान स्वतन्त्र थिएँ, भेटेजति ड्रग पनि सेवन गर्न थालें ।’

एकदिन घरैमा पार्टी चलिरहेको थियो, उनी चुरोट किन्न बाहिर निस्के । त्यसपछि के भयो, उनलाई याद छैन । अचानक आँखा खुल्दा अस्पतालमा थिए । अत्यधिक ड्रग सेवन गरेर हिँडदा ओभरब्रिजबाट व्यस्त सडकमा खसेर गम्भीर घाइते भएका उनलाई चिकित्सकले बाँच्ने सम्भावना १० प्रतिशत मात्र रहेको भनिदिए । उनको टाउको र करङको हड्डी भाँचिएको थियो । सन् २०१२ मा त्यहाँको सरकारले बाँच्ने सम्भावना नरहेको भन्दै नेपाल फर्काइदिएको उनले बताए ।

यस्ता थुप्रै युवा कुलतको मारमा छन् । विशेषगरी पश्चिमा मुलुकमा बसाइँ सरेर जाने युवा कुलतमा फस्ने गरेको नार्कोनन नेपालका संस्थापक वसन्तराज कुँवर बताउँछन् । ‘पुनस्स्थापना केन्द्रमा आएकाको अनुभव हेर्दा नेपालमा झन्डै ८० प्रतिशतजतिले कक्षा ८ पढदादेखि नै रक्सी वा लागूपदार्थ चाख्ने गरेका छन्, यसले पछि लत नै बस्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बूढानीलकण्ठको रिह्याब सेन्टरमा धेरैजसो भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया र हङकङ पुगेका नेपाली छन् । कुलतमा फसेपछि कमाउन गएका वा पढ्ने युवालाई झनै प्रभाव पर्छ । आर्थिक समस्या आइपर्छ, कुलतको उपचार महँगो हुन्छ ।आजको कान्तिपुरले चौंथो पृष्ठमा यो समाचार छापेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com