ओलीले ट्वीट सच्चाउलान ?


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असन्तुष्टि राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीट विवादमा तानियो ।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डवीच आज विहान बालुवाटारमा भएको कुराकानीमा यो विषयले पनि प्रवेश पाएको छ ।

बैठकमा प्रचण्डले प्रधानमन्त्रीको ट्वीटको आशय बुझ्न खोजेका थिए ।

ट्वीट प्रकरणले पार्टी एकतामा समस्या पैदा भएको जस्तो देखिएको थियो ।

यस्तोमा के प्रधानमन्त्री ओलीको अर्को ट्वीट आउला ?

प्रधानमन्त्रीका एक सल्लाहकारले यसको सम्भावना रहेको बताएका छन् ।

’प्रचण्डलाई आश्वस्त पार्ने खालको कुनै विषयबस्तु आउन सक्छ ।’ उनले रातोपाटीसँग भने ।

पार्टीको संसदीय दलको बैठकमा समेत प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति असन्तुष्टि राखेका थिए ।

ओलीले ‘सत्तासमीकरणको वानी परेकाहरु’ भन्दै ट्वटी गरेका थिए । उक्त ट्वीट आफुप्रति लक्षित भएको प्रचण्डको बुझाई छ ।

ओलीले के लेखेका थिए ?

सोमबार प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए ‘हामी विकास र सम्बृद्धिको एजेण्डामा हिँडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरवदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा  जनता बलिया हुन्छन् र त्यसको प्रतिविम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामै थियो र छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com