फेसबुकमा जथाभावी लेखेको आरोपमा जागिरबाट निकालिए प्रहरी ( पत्रसहित )


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

संगठनको मर्यादाविपरित सामाजिक सञ्जाल फेसबुकमा बर्दीसहितको फोटो पोस्ट गरी जथाभावी लेखेको आरोपमा एक प्रहरीले जागिर गुमाउनु परेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा दरबन्दी रही सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिपेन्द्र बहादुर चन्द फेसबुकमा जथाभावी लेखेको अभियोगमा जागिरबाट हटाइएका हुन् ।  संगनको गरिमामा आँच आउने र विभिन्न गैरजिम्मेवारपूर्ण लेखहरु फेसबुकमा पोस्ट गरेको अभियोगमा प्रहरीले उनलाई जागिरबाट निकालेको हो ।

कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले वैशाख २१ गते (शुक्रवार) प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी चन्दलाई जागिरबाट हटाइएको जानकारी गराएका छन् ।

चन्दलाई वैशाख १५ गते साँझ ६ बजेदेखि १० बजेसम्म सेती अञ्चल अस्पताल लाइनमा पिकेट डिउटीमा खटाउँदा समेत उनी डिउटीमा नगएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  चन्दले भने फाँटमा बस्न पाउन पर्ने माग गर्दै प्रहरी महानिरीक्षक (आईजी)लाई निवेदन गरेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चन्दले केही समय अगाडि आईजीलाई निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वीरबहादुर बुढामगरले आफूमाथि कुटपिट गरेको आरोप समेत लगाएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com