पोर्चुगलमा नेपाली युवा सुजतको निधन


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हालै निधन भएको छ ।

राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले राससलाई जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीका अनुसार अचेत अवस्थामा फेला परेका कार्कीको उपचारका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा निधन भएको हो । कार्कीलाई गत वैशाख १८ गतेका दिन प्रहरीले अचेत अवस्थामा सडकमा फेलापारेको थियो ।

उनी विगत तीन वर्षदेखि पोर्चुगल बस्दै आएका थिए । परिवार र आफन्तजनको सल्लाहबमोजिम उनको शव पोर्चुगलमै अन्त्येष्टी गरिने तयारी गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । कार्कीको शव परीक्षण रिपोर्ट भने प्राप्त नभएको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्कीको शव लिस्बनस्थित मार्तिम मोनिजमा रहेको साओ जोशे अस्पतालमा राखिएको छ ।रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com