शकिलले पाए आमाको नामबाट नागरिकता


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

सोम गुुरुङ–

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं.३ का मोहम्मद शकिल हलवाईले करिब १ वर्ष पछि आमाको नामबाट नेपाली नागरिकता पाएका छन् ।

नागरिकता नपाए पछि उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा ‘मैले नागरिकता कहिलेसम्म पाउँछुु’ भनी सूचना माग गरेका थिए । नेपालको संविधानमा आमाको नामबाट नागरिकता पाउने कानुुनी प्रावधान भए पनि जिल्ला प्रशासन कार्यालय, बाँकेले हलवाईलाई नागरिकता दिन ढिलाई गरेको थियो ।

नेपालको संविधान अनुसार आवश्यक कागजात पेश गर्दा पनि विभिन्न बहाना देखाउँदै नागरिकता दिन आनाकानी गरे पछि एक वर्ष पहिले शकिलले जिल्ला अदालतमा मुुद्धा दर्ता गराएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला अदालतले पनि २०७४ जेठ १४ गते महिना दिन भित्र शकिललाई नागरिकता प्रमाणपत्र उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, बाँकेलाई आदेश दिएको थियो ।

हलवाईले नागरिकता पाए पछि आफुू ज्यादै नै हर्षित भएको र रोजगारीको लागि सहजता भएको बताए ।
नेपालगन्जमा यस अघि आमाको नाममा दीपिका सोनीले नागरिकता प्राप्त गरेकी थिईन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com