प्रधानमन्त्री केपी ओलीको ट्वीटप्रति प्रचण्डको आक्रोश


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति असन्तुष्टि राखेका छन् ।

ओलीले ‘सत्तासमीकरणको वानी परेकाहरु’ भन्दै ट्वटी गरेका थिए । उक्त ट्वीट आफुप्रति लक्षित भएको प्रचण्डको बुझाई छ ।

पार्टी एकताका लागि ओली र प्रचण्डबीच नियमित संवाद भैरहेका बेला यी दुई नेताबीच देखिने गरी आक्रोश पोखिएको छ ।

पार्टी एकता संयोजन समितिले एकताका लागि मिल्न वाँकी विषय टुंगाउन दुई अध्यक्षलाई जिम्मा दिएपछि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डवीच धेरै पटक वान टू वान संवाद भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुले आफुहरु एकताका लागि नजिक पुगेको बताईरहेका बेला सामाजिक संजाल मार्फत ओलीको असन्तुष्टि बाहिर आएको हो ।

सिंहदरवारमा मंगलबार बसेको संसदीय दलको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको अभिव्यक्तिबारे आजै गम्भीर छलफल समेत गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले माओवादीलाई लक्षित गर्दै सोमबार ट्वीटरमा समिकरण फेरवदल गर्न बानी परेकालाई विकास र सम्बृद्धिप्रति अरुची हुनसक्ने भनेर अभिव्यक्ति दिएका थिए ।

बैठकमा सहभागि एक नेताका अनुसार ओलीको उक्त ट्वीटले निकट भविश्यमा हुन लागेको एकीकरण नै संकटमा पर्ने भएको भन्दै बास्तविकता के हो भनेर अध्यक्षसँग जवाफ मागेका थिए ।

त्यसक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट आएको उक्त अभिव्यक्तिबाट आफु समेत आश्चर्यमा परेको भन्दै त्यसबारे आफुले तत्काल कुरा गर्ने जवाफ दिएका थिए ।

ओलीले के लेखेका थिए ?

सोमबार प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए ‘हामी विकास र सम्बृद्धिको एजेण्डामा हिँडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरवदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा  जनता बलिया हुन्छन् र त्यसको प्रतिविम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामै थियो र छ ।’

ओलीले ट्वीटमा कुन घटनालाई आधार बनाएर लेखेको भन्ने स्पष्ट थिएन ।

ओलीसँग सहमिति भएको छैन

यस्तै बैठकमा अध्यक्ष प्रचण्डले आफु र प्रधानमन्त्री ओलीबीच पार्टी एकताका लागि अहिलेसम्म कुनैपनि सहमति नगरेको समेत प्रश्ट पारेका थिए । प्रचण्डको भनाई उधृत गर्दै ति नेताले भने ‘मिडियामा म र प्रधानमन्त्री ओलीवीच चारवटा विषयमा सहमति भयो भन्ने हल्ला आयो यसमा कुनै सत्यता छैन,हामी समानताकै आधारमा एकता गर्ने पक्षमा छौ त्यसबाट दायाँबायाँ हुदैन, यदि समानतालाई स्वीकार गरिएन भने एकता हुदैन ।’

यसअघि ओली र प्रचण्डबीच प्रधानमन्त्री, पार्टी अध्यक्षलगायतका विषयमा सहमति भएका खवरहरु आएका थिए । तर, ति खवरहरु पुर्णतया असत्य र कपोकल्पीत रहेको बैठकमा प्रचण्डले खुलाएका थिए ।

बजेटबारे छलफल नगरेकोमा असन्तुष्टि

त्यस्तै अध्यक्ष प्रचण्डले आगामी बजेटका बारेमा समेत प्रधानमन्त्रीले मन्त्रीहरुसँग समेत कुनै छलफल नगरेकोप्रति आपत्ति जनाएका थिए ।

श्रोतका अनुसार प्रधानमन्त्रीले बजेटका विषयमा मन्त्री र सत्तारुढ दलसँग समेत छलफल नगरेर एकलौटी गर्न खोजेको भन्दै आक्रोश पोखेका थिए ।

उनले त्यस विषयमा समेत आजै प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै बजेट जनताको जिवनस्तरसँग मिल्ने बनाउन सुझाव दिने बताए । ‘जनताको अपेक्षा पुरा हुनेगरी बजेट ल्याउनुपर्छ, त्यो भएमात्रै बाम सरकारले ल्याएको बास्तविक बजेट हुन्छ । त्यसो भएन भने बाम सरकार र अरु सरकारमा कुनै भिन्नता हुदैन’ प्रचण्डको भनाई थियो ।

 

बैठकपछि माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले निर्वाचनमा जाँदा घोषणापत्रमा जनाएका प्रतिवद्धता अनुसार नै बजेट ल्याउनुपर्नेमा माओवादी संसदहरले जोड दिएको जनाए ।
सरकारले जेठ १५ गते  बजेट ल्याउदैछ । त्यसको १५ दिन अघि सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

यसअघि सोमबारको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री र सासंसदहरुले परम्परागत ढंगको बजेट ल्याउन लागेको भन्दै जनअपेक्षअनुसारको बजेट ल्याउनुपर्ने धारणा राखेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com