थप शक्तिशाली बन्दै प्रधानमन्त्री ओली


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

gjlgo’Qm k|wfgdGqL cf]nL ;/sf/sf k|fyldstf af/]df hfgsf/L u/fpFb} gjlgo’Qm k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL sfof{no l;+xb/af/df laxLaf/ kbjxfnL kl5 ;/sf/sf k|fyldstfaf/]df hfgsf/L u/fpFb} . tl:a/M k|bLk/fh jGt, /f;;

प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउन सरकारले १२ वटा अधिकार थपेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेक्षण रिर्पोटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई १२ वटा थप अधिकार दिइएको छ ।

उक्त रिर्पोटलाई मन्त्रिपरिषद्को बैठकले बैठकले पास गरेको छ।ओएनएम सर्वेक्षण रिर्पोटमा थपिएका अधिकारमा संघीय शासन प्रणाली र अन्तरप्रदेशसम्बन्धी कार्य, प्रदेश प्रमुखसम्बन्धी, परराष्ट्र तथा सुरक्षा मामिलासम्बन्धी अधिकार रहेका छन्। यसैगरी थपिएका १२ अधिकारमध्ये विषय विज्ञ समूह, राष्ट्रिय तथा अन्तरप्रदेशीय विकास योजनाका लागि नतिजा व्यवस्थापन, प्रदेशका पदाधिकारी र कर्मचारीको विदेश भ्रमणसम्बन्धी नीति, काुनन र मापदण्ड, गैरसरकारी संस्था नियमनसम्बन्धी मापदण्ड र भ्रष्टाचार निगरानीसम्बन्धी अधिकार छन्। यसैगरी राजस्व अधिकार, सम्पत्ति शुद्धीकरण र अवशिष्ट अधिकारको प्रयोग रहेका छन्।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण रिर्पोट मन्त्रिपरिषद् बैठकले पास गरी कार्यन्वयन प्रक्रिया समेत सुरु भइसकेको बताए। ‘मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण पास गरेको छ। सर्वेक्षणले दिएको रिर्पोटअनुसार कार्यान्वयन प्रक्रिया सुरु भएको छ,’ उनले भने। थपिएको नयाँ प्रावधानअनुसार शासकीय सुधार महाशाखाअन्तर्गत सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार निगरानी शाखाको प्रावधान राखिएको छ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com