चोरीका मोटरसाइकल भन्सार कार्यालयलाई बुझाइने


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

नेपाल प्रहरीले बरामद गरेका बेवारिसे चोरीका मोटरसाइकल भन्सार कार्यालयलाई बुझाउने तयारी भएको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार चोरीकर्ताले विभिन्न ठाउँमा छोडेका १२ वटा मोटरसाइकल नेपाल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको र लिलाम प्रक्रियाका लागि रसुवा भन्सार कार्यालय, टिमुरेलाई बुझाउन लागिएको हो ।

बरामद भएका मोटरसाइकल प्रायः चालु हालतकै रहेका छन् । राजमार्गअन्तर्गत विभिन्न स्थानमा भेटिएका ती मोटरसाइकल नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय धुञ्चेको परिसरमा राखेको र चोरीका गतिविधि नियन्त्रणका लागि ठाउँठाउँमा जाँच गर्ने काममा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, केरुङ मार्गमा मालबाहक सवारीसाधन चलाउने सवारी चालक अनुमतिपत्रलाई पनि कडाइका साथ परीक्षण कार्य शुरु गरिएको छ । हालसम्मको परीक्षणबाट केही सवारी चालक नक्कलीसमेत भेटिएकाले त्यस्ता सवारी चालकलाई कारबाही प्रक्रियासमेत अगाडि बढाइएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रसुवागढी नाकाबाट ससाना सवारीसाधन केरुङतर्फ छोड्दा फल्स बटन बनाई सुन ल्याउने गरेको विगतको घटनालाई गम्भीरतापूर्वक मनन गरी मालबाहक ठूला सवारीसाधनबाहेक अन्य सवारीसाधन केरुङ जाँदा रसुवागढीको मितेरी पुलमै रोक लगाएपछि अवैध कारोबारको समस्या हल हुँदै गएको प्रहरी प्रमुख थापा क्षेत्रीले बताउनुभयो ।

नीति नियमको अधिनमा रही राज्यको पहरेदारको कार्य गर्न नेपाल प्रहरी सक्षम रहेको र हाल चालु एकमात्र नेपालको उत्तरी नाका रसुवागढी क्षेत्रमा अवैध कारोबारमा निगरानी बढाउन सिसी क्यामेरासमेत जडान भइसकेकाले परीक्षण कार्य थप प्रभावकारी बनाउन एक्स्रे मेशिनको खाँचो रहेको प्रहरीले जनाएको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com