आन्दोलनकारीलाई ओलीको चेतावनी : सरकार टुलुटुलु हेरेर बस्दैन– प्रधानमन्त्री


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथी सरकारले कडा नीति लिने बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर नबस्ने बताए ।

प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा, कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछोडिने चेतावनी दिए । प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर बस्दैन ।’

प्रधानमन्त्री ओलील भने,‘राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने,जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने,धार्मिक विद्वेश फैलाउनेहरुबाट सजग हुनु पर्छ । ’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताए ।

‘अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो ’ प्रधानमन्त्री ओलीले भन्नुभयो “कसैले षडयन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठिक लाउने ठाउँमा हामी छौं ।’ उनले भने ।

राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व,हिंसा,नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको बताउदै प्रधानमन्त्री ओलीले भने, ‘यो सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा हो ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालीहरु तोपसँग खुकुरीले लडेर जित हासिल गरेको जाती भएको स्मरण गराए ।

‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुदैन ।’

प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धि धारणालाई समयअनुकुल ढंगले अघि बढाउने तयारी गरेको बताए ।

‘विगतमा पनि हामीले गौरव गर्ने हैसियत बनाएकै हौं ’ प्रधानमन्त्री ओलीले भने,  ‘दासता नस्विकारेका र पराधिन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहनेछ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com