पार्टीको योजना, वाइसिएललाई उत्पादन ब्रिगेडका रुपमा अघि बढाउने: गृहमन्त्री थापा


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजको विकृति र विसङ्गतिविरुद्ध सरकारले शुरु गरेको अभियानमा युवालाई साथ दिन आह्वान गर्नुभएको छ ।

आज योङ कम्युनिष्ट लिग (वाइसिएल)ले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाको भूमिका तथा अन्तरक्रिया’ विषयक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुखसमेत रहनुभएका गृहमन्त्री थापाले भ्रष्ट, तस्कर, सिन्डिकेटविरुद्ध अभियान शुरु गरेको भन्दै यसलाई निष्कर्षमा पु-याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले गृह मन्त्रालयले मदिरा नियन्त्रण अभियान शुरु गर्न लागेको जानकारी दिँदै सो अभियानमा युवालाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नुभयो ।

गृहमन्त्री थापाले वाइसिएललाई उत्पादन ब्रिगेडका रुपमा अघि बढाउने पार्टीको योजना रहेको भन्दै अब त्यसका लागि समेत गृहकार्य गरिने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले जनताको आकांक्षा र देशको विकास तथा समृद्धिको लक्ष्यसहित माओवादी केन्द्र र नेकपा (एमाले) बीचको पार्टी एकता अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com