सञ्चारिकाकी पूर्व अध्यक्ष बबितासहित पाँच पत्रकार पुरस्कृत


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

????????????????????????????????????

‘राष्ट्रिय पत्रकारिता दिवस–२०७५’ को अवसरमा सञ्चारिका समूहकी पूर्व अध्यक्ष बबिता बस्नेतसहित पाँच पत्रकारलाई सम्मान एवम् पुरस्कृत गरिएको छ ।

बबिता बस्नेत

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘वरिष्ठ पत्रकार सम्मान’ बाट सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतलाई सम्मान गरेको हो । २८ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी बस्नेत दुई दशकदेखि घटना र विचारको सम्पादकका रुपमा कार्यरत छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै सोही पुरस्कार पत्रकारद्वय कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई पनि प्रदान गरिएको छ ।

यस्तै ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्ट र डा.राजेश अहिराजलाई प्रदान गरिएको छ ।

पत्रकारिता दिवसको अवसरमा आज राष्ट्रपति कार्यालयमा आयोजना गरिएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले पुरस्कार छनोटका लागि सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सञ्चारिक समूहकी अध्यक्ष एवं वरिष्ठ पत्रकार निर्मला शर्मा, वरिष्ठ पत्रकार तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ, सामुदायिक रेडयो प्रशारक संघका पूर्वअध्यक्ष रघु मैनाली सदस्य रहेको समिति गठन गरिएको थियो ।

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका सभापति गोबिन्द आचार्य पदेन सदस्य रहेको सो समितिमा सञ्चार मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ सदस्य सचिव थिए ।

समितिले सर्वसम्मत रुपमा पाँच जना पत्रकारको नाम सिफारिस गरेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com