चितवनमा असिना र हावाहुरीले करोडौंको केरा खेती नष्ट


प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार

चितवन २४ वैशाख । पूर्वी चितवनमा आइतबार साँझको हावाहुरी र असिनाले करोडौंको केरा नोक्सान गरेको छ । केरा खेतीमा भएको यो नोक्सानी अहिलेसम्मकै ठूलो भएको केरा व्यवसायीले बताएका छन् ।

गतसाता पूर्वी चितवनको जुटपानीमा अज्ञात समूहले केराका ३१ सय बोट काटेर सखाप पारेका थिए। यो घटनाको पीडा सेलाउन नपाउँदै किसानलाई प्राकृतिक प्रकोपले ठूलो क्षति पुऱ्याएको अध्यक्ष पन्तले बताए।

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले अघिल्ला वर्षहरुमा हावाहुरीले पाँच करोडको हाराहारीमा नोक्सान हुने गरेकोमा अहिले त्यो भन्दा दोब्बर क्षति भएको बताए। पुर्वी चितवनको पदमपुर, जुटपानी, पिठवा चैनपुर क्षेत्रमा १५ सय विघामा केरा खेती छ। आइतबार साँझको हावाहुरीले धेरै बोट लडाएको छ। सद्दे बोटको पात र फल असिनाले चुटेर पुरै नोक्सान गरेको छ,’ अध्यक्ष पन्तले भने, ‘क्षतिको विवरण संकलन भइरहेको छ। अहिलेसम्म १० करोड हाराहारीको क्षति भएको छ।’

हावाहुरीले नोक्सान भएमा बाली विमा गरेका किसानले करिब लागत मुल्य जति राहत पाउँछन्। तर, यहाँका धेरै किसानले विमा पनि गरेका छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com