यार्सागुम्बासहित एक जना पक्राउ
प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार
वैशाख २४, संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी १ मा रहेको बसपार्कबाट यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्। जुम्ला जिल्ला सुन्दरी गाउँपालिका–७ का नरबहादुर रोकायालाई यार्सागुम्बासहित आइतबार प्रहरीले पक्राउ गरेको हो। खाँदबारी बसपार्कबाट रोकायालाई शंकास्पद अवस्थामा फेला पारेर छानबिन गर्दा उनको साथमा अवैध ८ सय ग्राम यार्सागुम्बा फेला परेको संखुवासभा प्रहरी प्रमुख नायव उपरिक्षक सन्तोष खड्काले जानकारी दिए। पक्राउ परेका रोकायालाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रोकायाले राजश्व नतिरेको, छुट पुर्जी नलिएको र वन कार्यालयबाट अनुमति नलिएकोले जिल्ला वन कार्यालयको जिम्मा लगाइएको संखुवासभा प्रहरी प्रमुख खड्काले जानकारी दिए।






