३३ किलो सुन काण्ड नसेलाउँदै विमानस्थलबाट ६ जना सुन तस्कर पक्राउ
प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार
28063414 – gold ingots isolated on white background
वैशाख २४, काठमाडौँ ३३ किलो सुन प्रकरणको चर्चा सेलाएको छैन। तर, तस्करलाई यसले छोएको देखिँदैन। सरकारले विषेश अनुसन्धान छानविन समिति बनाएर नै सुन तस्करको खोजी गरिरहेको बेला विमानस्थलबाट अझै पनि सुन तस्करी भइरहेको खुल्न आएको छ।
आइतबार दिउँसो प्रहरीले विमानस्थलबाट सुन तस्करीमा संलग्न ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले एक के।जी ४१० ग्राम सुनसमेत बरामद गरेको छ। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी पूर्णचन्द्र जोशीले बताए।
वैशाख ९ गते नै प्रहरीले भारतीय नागरिकलाई सुन तस्करीको अभियोगमा पक्राउ गरेको थियो। उनले सुनलाई लिक्विडु बनाएर तस्करीको प्रयास गरेका थिए।
उनीहरु सुन तस्करीका लागि प्रयोग भएका भरियामात्र भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। एसएसएपी जोशीले भने अहिलेसम्म भरियामात्र देखिएको छ थप अनुसन्धान गर्दैछौँ।‘
पर्यटक भीषामा नेपाल आएका उनीहरु चाइना इस्टर्न एयरलाइन्सुबाट चीन जान लागेको अवस्थामा पक्राउ परेका हुन्।
विभिन्न देशबाट अवैधरुपमा नेपाल आएको सुन विमानस्थलबाट पनि पुनः अर्को देशमा तस्करी समेत हुने गरेको छ। तस्करहरुले दुबई र चीनबाट सुनको अवैध कारोबार गर्ने गरेका छन्। सडकमार्ग हुँदै चीनदेखि रसुवा नाकाबाट पनि सुन तस्करी हुने गरेको छ।
३३ केजी सुन प्रकरणको अनुसन्धानमा चुणामणि उप्रेती ‘गोरे’ समूहले अहिलेसम्म ३८ सय किलो सुन विमानस्थलबाट नै भित्र्याएको खुल्न आएको छ।






