अब पालो ट्रक क्षेत्रको सिण्डिकेटको – गृहमन्त्री थापा


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

गृहमन्त्री रामबहादुर थापाले सवै क्षेत्रको सिण्डकेट अर्थात गर्नुभएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिमण्डलसँग छलफल गर्दै गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरुवात मात्रै भएको र अब सबै क्षेत्रको एकाधिकार तोडेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सरकार अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा रहेको उहाँले बताउनुभयो । गृह मन्त्रालयमा भएको भेटमा सरकार कारबाही प्रक्रियाबाट कुनै हालतमा पनि पछाडि नहट्ने दाबी गर्दै गृहमन्त्री थापाले सरकारले सवै खालका सिण्डिकेट अन्त्य गरेरै छोड्ने दोहोर्याउनुभयो ।

छलफलमा मञ्चका पदाधिकारीले शिक्षा, स्वास्थ्य, बैंक, ट्रक, ट्याङ्कर, लगायत धेरै क्षेत्रमा रहेको एकाधिकार भन्दै चरणबद्ध रुपमा तोड्नुपर्नेमा जोड दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com