महाअभियोग प्रस्तावबारे एमालेमा एकमत


प्रकाशित मिति : कार्तिक १०, २०७३ बुधबार

साना ठूला विभन्न गुट र उपगुट रहेको एमालेमा संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा भने एकमत देखिएको छ। प्रस्तावको पक्षमा पार्टीका अध्यक्ष केपी ओलीदेखि माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलगायतका नेताहरु पक्षमा उभिएका छन् ।

अरु बिषयमा भिन्न मत भए पनि प्रस्तावको पक्षमा एक मत देखिएको स्रोतले बतायो। महाभियोग प्रस्ताव आउनु ठीक भएपनि अध्यक्षको कार्यशैली अनुसार त्यसलाई संस्थागत रुपमा अगाडि नबढाइएको भन्दै केही नेताले असन्तुष्टि जनाएका थिए। केही नेताले असन्तुष्टि जनाएपछि सस्थागत निर्णय लिन अध्यक्ष ओलीले मंगलबार संसदीय दलको कार्यलय सिंहदरवारमा स्थायी समितिको बैठक बोलाएका थिए ।

स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले महाभियोग प्रस्ताव ल्याउनुको औचित्यमाथि प्रकाश पारेको एक नेताले बताए । बैठकमा नियम, कानुन, विधि र प्रक्रिया नमानेका कारण अख्तियार प्रमुख काकीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको ओलीले बताए । आफूलाई सर्वेसर्वा ठान्ने, नियोजित रुपमा प्रतिशोध लिने र अरुलाई अपमान गर्ने प्रवृत्तिका कारण अख्तियार प्रमुखविरुद्ध महाअभियोग दर्ता गरेको ओलीले बैठकलाई जानकारी दिए।

मंगलबारको एमाले बैठकले महाअभियोग प्रस्तावको पक्षमा लाग्ने र अरु दलसँग कुरा गर्ने औपचारिक निर्णय गरेको अन्नपूर्ण पोष्टमा खबर छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थन गर्दै उक्त प्रस्तावलाई पारित गर्नका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै प्रस्तावका पक्षमा सहमति निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।’बैठकले गरेको निर्णय जानकारी दिन प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com