युएईमा नेपालीबाट नै नेपाली ठगिन्छन्


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

उमाकान्त पाण्डे ।
युएईमा रहेको नेपाली दूतावास सचेतना अभियान लिएर नेपाली कार्यरत कम्पनीका मजदुर क्याम्पसम्म पुगेको छ । सचेतना कार्यक्रम लिएर मजदुर क्याम्पमा पुग्ने प्रतिनिधिसँग धेरै कामदारले एउटै समस्याबारे गुनासो गरेका छन् ।

दूतावासले अहिलेसम्म आबुधाबीमा मात्रै दुई ठूला कम्पनीका मजदुर क्याम्पमा कार्यक्रम गरेको थियो । कार्यक्रममा सहभागी धेरैले वैदेशिक रोजगारीका कारण आफूले भोगेका समस्या खुलेर सुनाएका थिए । उनीहरुले युएईमा नेपालीबाट नै आफूहरु ठगिएको बताएका थिए ।

काम लगाइदिने भन्दै भिजिट भिसामा ल्याएर अलपत्र पार्ने, कम्पनीका मागपत्र देखाउदै ठगी गर्ने र मोटो रकम लिएर अलपत्र पार्ने गरेको कामदारले गुनासो गरे । मजदुर क्याम्प भइरहेको कार्यक्रममा भिजिट भिसामा ल्याएर अलपत्र पारेको, अरु काम भनेर महिलालाई घरेलु काममा प्रयोग गरेको, समयमा तलब सुविधा नपाएको गुनासो राखेको श्रम सहचारी मोतीराम भुषालले उज्यालोलाई जानकारी दिनुभयो ।

यिनै समस्याका कारण कामदार शारीरिक तथा मानसिक हिंसाको सिकार हुनु परेको भुसालको भनाइ छ । नेपाली कामदारसँग प्रत्यक्ष भेटेर गुनासो सुन्ने कामलाई दूतावासले निरन्तरता दिने पनि कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सबै कम्पनी उस्तै छैनन्, हामीहरु सुरक्षित त छौं तर समान ज्याला भने पाएका छैनौं,’ आबुधाबी नेशनल होटलमा कार्यरत उर्लाबारीकी रमिला श्रेष्ठले गुनासो गर्नुभयो । ‘उही काम गर्ने अरु देशका साथीको तलब धेरै छ हाम्रो थोरै किन,’ श्रेष्ठले सवाल गर्नुभयो ।

यस्तै सवाललाई सम्बोधन गर्न नेपालले युएईसँग श्रम सम्झौता गर्ने तयारी गरिरहेकोबारे दूतावासका प्रतिनिधिले आफूलाई भनेको श्रेष्ठले बताउनुभयो ।

कामदारको भिसा सकिएपछि पनि कम्पनीले भिसा अवधि नथपी अवैधानिक बनाएको, बिभिन्न कम्पनीको डिमाण्ड देखाएर नेपालीले नेपालीलाई ठगेको, कम्पनीमा उचित खाना तथा बासको व्यवस्था नभएको, कम्पनी छोडेर कागजातविहीन हैसियतमा काम गर्नुपरेको जस्ता गुनासो दूतावासमा आउने गरेकाले यस सम्बन्धमा थप सचेतना कार्यक्रम आवश्यक भएको दूतावासले जनाएको छ ।

परदेशको कमाइले पारिवारमा सुखसँगै सम्बन्धमा विचलन देखिने पछिल्ला घटनाले समेत सरोकारवाला चिन्तित छन् । परदेश बसाइले घरायसी झगडा बढाउने मात्रै नभएर सम्बन्धविच्छेदसम्मको अवस्था आएका छन् । सम्बन्धविच्छेदको समस्या लिएर दूतावास आउनेको संख्या पछिल्लो समयमा बढेको छ । त्यस्ता समस्या कम्पनीका मजदुर क्याम्पमा पुग्दासमेत पाएको श्रम काउन्सिलर भेषबहादुर कार्कीले बताउनुभयो ।

मजदुर क्याम्पमा गरिने सचेतना कार्यक्रम अबुधाबीमा गएको मार्च २० र २७ तारिखमा भएको थियो । कार्यक्रममा एक सय भन्दा धेरै कामदारले सहभागीता जनाएका थिए । कार्यक्रममा दूतावासले युएईका विभिन्न जेलमा रहेका नेपालीको अवस्था, कामदार सचेतना सम्बन्धी जानकारी, युएईमा रहदाँ अपनाउनु पर्ने कानूनी प्रक्रिया लगायकाबारेमा छलफल गरेको द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । कार्यक्रममा कम्पनीका व्यवस्थापकले पनि सहभागिता जनाएका थिए ।

कतिपय कामदारले लिखित रुपमा गुनासो राखेका छन् । ती गुनासो सरकारमा पु¥याउने दूतावासले जनाएको छ । परराष्ट्र, श्रम, पर्यटन, तथा अन्य सम्बन्धित मन्त्रालय अन्तरगतबाट अनुमति पाएका कार्यक्रम नेपाली कामदार रहेका मुख्य चार मजदुर क्याम्पमा गर्ने योजना अनुरुप दूतावासले सचेतना अभियान थालेको हो । थप कार्यकमका लागि सम्बन्धित कम्पनीसँग समन्वय गर्न दूतावासकी द्वितीय सचिव बिष्णु अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com