हराइरहेकी संयुक्त अरब एमिरेट्सकी राजकुमारीको अवस्थाबारे जानकारी गराउन आग्रह


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

अन्तर्राष्ट्रिय अधिकारवादी संस्था ह्युमन राइट्स वाचले हराइरहेको भनिएकी संयुक्त अरब एमिरेट्सकी राजकुमारीको अवस्थाबारे जानकारी गराउन दुबईका अधिकारीहरूलाई आग्रह गरेको छ।

विदेशमा स्वतन्त्र रूपमा जीवन बिताउने भन्दै गत मार्चमा शेख लतिफाले देश छाड्ने प्रयत्न गरेकी थिइन्।

प्रत्यक्षदर्शीहरूका अनुसार लतिफा चढेको विलासी डुङ्गा भारतमा फेला पारिएपछि उनलाई दुबई फर्काइएको थियो।

त्यसपछि उनी देखिएकी छैनन्। उनी संयुक्त अरब एमिरेट्सकी शासक शेख मोहम्मद बिन राशिद अल मक्तुमकी छोरी हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हैसियत
दुबईका अधिकारीहरूले कानूनी कारणले त्यसबारे टिप्पणी गर्न नसकिने बताएका छन्।

विवरणहरूमा जनाइए अनुसार देश छाड्ने प्रयास गर्दा लतिफालाई तत्कालै नियन्त्रणमा लिइएको थियो।

शाही हैसियत त्याग्दै प्रेम विवाह

शुक्रवार प्रसारण गरिएको बीबीसीको न्यूजनाइट कार्यक्रमले गरेको अनुसन्धानका अनुसार लतिफाले एकजना पूर्व फ्रान्सेली जासुस र फिनल्याण्डकी मार्सल आर्ट प्रशिक्षकको सहयोग पाएकी थिइन्।

शनिवार ह्युमन राइट्स वाचले भनेको छ, दुबईका अधिकारीहरूले राजकुमारी लतिफा रहेको ठाउँबारे ‘खुलासा’ गर्नुपर्छ र उनको ‘कानूनी हैसियतबारे’ स्पष्ट पार्नुपर्छ।

उसको विज्ञप्तिमा भनिएको छ, “राजकुमारी भएको स्थान र उनको अवस्थाबारे सार्वजनिक गर्न नसकिए त्यो उनलाई बेपत्ता पारिएको सरह ठहरिनेछ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com