बजेट अधिवेशन आजदेखी सुरु
प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार
काठमाडौँ — संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु भएकोछ । संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको छ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठकमा सरकारले राष्ट्रपतिद्वारा जारी ४ अध्यादेश र नियमावली मस्यौदा समितिको प्रतिवेदन आज दिउसो पेस गर्ने सम्भावना छ ।
राष्ट्रपतिले दुई साताअघि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश सिफारिस गर्नुभएको छ ।
संसद् सचिवालयका अनुसार चिकित्सा शिक्षा र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश शुक्रबार नै संसद्मा दर्ता भइसकेको छ । अरू दुई अध्यादेश आइतबार बिहानै दर्ता गरेर अपराह्न दुवै सदनमा पेस हुने सचिवालयले जनकारी दिएको छ ।
जेठ १५ मा प्रस्तुत गरिने बजेट जेठ पहिलो साताभित्र नीति तथा कार्यक्रम प्रस्तुत गरी, प्रधानमन्त्री केपी ओलीले पारित गर्ने जानकारी दिएको छ ।






