फेसबुक सप र अमेजनमा कम्पन

पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पन फेसबुक सप र अमेजनमा पनि उपलब्ध भएको छ । अमेरिकामा रहनेहरुले फेसबुक सप र अमेजनमार्फत कम्पनको अनलाइन अर्डर गर्नसक्नेछन् ।

फेसबुक सपबाट अर्डर गर्न यहाँ क्लिक गर्न सकिनेछ ।

अमेजनबाट अर्डर गर्न यहाँ क्लिक गर्न सकिनेछ ।

सन् २०१५ को अप्रिल २५ को पहिलो भूकम्पको २ दिन अगाडि नेपालमा कम्पनको लोकार्पण लेखककी आमा तुल्सीदेवी पन्थी, दुईजना पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई, पूर्वमन्त्री पम्फा भुसाल, कम्पनका पात्रहरु, प्राध्यापाक डाक्टर खगेन्द्र लुईटेल, बरिष्ठ पत्रकार किशोर नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्व प्रमुख उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राई लगायतले गरेका थिए ।

दोश्रो ठूलो भूकम्प आएको पूर्वसन्ध्यामा मे ११ मा न्युयोर्कबाट कम्पनको लोकार्पण गर्न लागिएको छ । कम्पन विपत्तिको सामना आशा, उच्च मनोबल र मानवीय सहयोगका आधारमा सिमित साधनश्रोतका बीचपनि कसरी गर्न सकिन्छ भन्ने सन्देश दिन फिक्सनल स्वरुपमा लेखिएको ननफिक्सन हो ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

प्रबन्ध निर्देशक : ...
सम्पादक : ...

Contact Us

सूचना विभागमा दर्ता नं. : 2075/..

© 2018 All Right Reserved
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com