सल्यानमा खानेपानी पुगेको खुसीयालीमा भोजभतेर


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

वैशाख २१, रुकुम । सल्यान दार्मा गाँउपालिका ६, चिफ्लेमा सोलार लिफ्टमार्फत खानेपानी लगिएपछि खुसीयालीमा भोजभतेर गरिएको छ। गाउँपालिकाको र स्थानीयको जनश्रमदान ३० लाख रकमको लागतमा गाउँमा खानेपानी ल्याइएको हो। ३० घरधुरीलाई लक्ष्य गरी चिफ्ले लिफ्ट खानेपानी योजनामार्फत करिब ६०० मिटर तलबाट पानी तानिएको हो। पानी तान्न ३६ सय वाट सोलार सिस्टम प्रयोग गरिएको छ। लामो दूरीबाट पानी बोकेर खाने गरेका स्थानीयहरु आँगनमै खानेपानी पुगेपछि दंग परेका छन्। हरेक चुनावमा गाउँमा पानी ल्याइदिन्छौँु भन्दै भोट माग्नेहरूबाट उनीहरू आजित भइसकेका थिए। यो पटक जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेको भन्दै स्थानीयले खुसीयाली मनाएका हुन् । ‘हाम्रो जिउ छँदै घरमा पानीको धारा देख्न पाइन्छ भन्ने आश थिएन तर स्थानीय सरकारको पहलमा
पानी आयो’ लालमणि शर्माले भने, ‘त्यसैले सबै मिलेर खुसीयाली मनाइयो। भोजभत्तेर
गरियो।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com