सार्वजनिक बस नचल्दा सर्बसाधारणलाई अफ्ठेरो [ फोटो ]


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रुहरुले असुविधा झेले ।

तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध जाइलागेका छन् । अन्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिइरहेका छन् । विद्यार्थी मात्रै बोक्ने निजी विद्यालयका सवारी साधनले पनि यात्रु बोकेर गन्तव्यसम्म पुर्याइरहेका छन् ।

 

सरकारले सहयोगका लागि आग्रह गरेपछि सुरक्षा मागेका कम्पनीवालहरुले उपत्यकाभित्र र बाहिर सेवा दिन थालेका हुन् ।

साझा, मयूर, अन्नपूर्णलगायतका कम्पनीहरुले यात्रु ओसार्न थालेपछि अहिले यात्रुलाई केही सहज भएको छ । यद्यपि, चलेका सवारीले यात्रु थेग्न नसक्दा असुविधा झेलिरहेका छन् ।

 

फोटो : दिपेन्द्र ढुंगाना

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com