रैराङ हाइड्रोपावरको आइपिओ वैशाख ३१ गतेदेखि ८ लाख ४० हजार कित्ता खुल्ने
प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार
वैशाख २१, काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख ३१ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ८ लाख ४० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
यो आइपीओमा जेठ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने जेठ २९ गतेसम्म भर्न पाइने व्यवस्था छ । आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमार्फत सेयर भर्न सकिनेछ । यसमा न्यूनतम ५० देखि अधिकतम ४ हजार २०० कित्तासम्म आवेदन दिन पाइन्छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल हो ।
रैराङको प्रतिसेयर नेटवर्थ ९७।४४ रुपैयाँ रहेको छ । जारी पुँजी ५६ करोड रुपैयाँको १५५ सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई ५ लाख ६० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।






