सिन्डिकेट तोड्न केही निजी गाडीहरुले यात्रुलाई ‘लिफ्ट’ दिएको दृश्य


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । सिन्डिकेट पक्षधर यातायात समितिका बसहरु आज उपत्यकाका सडक गुडेका छैनन् । सिमित मात्रमा मात्रै सार्वजनिक गाडी गुडेकाले यात्रुहरुले दु:ख पाइरहेका छन्।

 

बिहान अफिस तथा कलेज जान निस्केका यात्रुहरु अलपत्र परेका छन् । मयुर, साझा, अन्नपूर्ण लगायतका केही कम्पनीका बस गुडेकाले पनि यात्रुले केही राहत महसुस गरेका छन् । सरकारले जसरी पनि सिन्डिकेट तोड्ने अडान लिए पनि गाडी बन्द हुँदा सरकार मुकदर्शक मात्र भएर बसेको देखिन्छ । बरु केही निजी गाडीहरुले यात्रुलाई ‘लिफ्ट’ दिएको दृश्य देख्दा सिन्डिकेट वालाहरुलाई गुँडा टेकाउने पक्षमा आम-सर्वसाधारण रहेको प्रष्ट देखिन्छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com