हडताल गर्नेको विवरण संकलन हुँदै संकलन भएपछि पहिलो दिनमै रुट खारेज गरिने बन्दको (फोटो फिचर )


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

गाडी चालकले आज आफ्नो इच्छा अनुसारको रुटमा गाडी चलाउन पाउने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले आज क्यू फ्री गरेको हो । यात्रुको बढी चाप रहेको ठाउँमा यसरी गाडी चलाउन तथा तोकिएभन्दा बढी भाडा नलिन विभागले आग्रह समेत गरेको छ ।

सिन्डिकेटको विपक्षमा रहेका व्यवसायीले सरकारलाई साथ दिएका छन् । काठमाडौंमा साझा, मयूर, महानगर लगायत कम्पनीका बस नियमित रुपमा सञ्चालनमा छन् ।
आज गाडी नचलाउने व्यवसायीलाई सरकारले कार्वाही गर्ने बताइसकेको छ । अत्यावश्यक सेवामा हडताल गर्नेहरुको विवरण संकलन भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विवरण संकलन भएपछि पहिलो दिनमै रुट खारेज गरिने विभागको तयारी छ ।
सरकारले केही दिनअघि अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना निकालेको छ ।

फोटो : रविन्द्र पौडेल

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com