नेपालमा प्रत्येक वर्ष रेबिजबाट सयको मृत्यु


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

वैशाख २०, काठमाडौँ । नेपालमा प्रत्येक वर्ष रेबिजबाट सय जनाको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मलेनमा विश्वमा प्रत्येक वर्ष रेबिजबाट ५९ हजार मानिसको मृत्यु हुने गरेकाले त्यसलाई निर्मूल पार्न दु्रतगतिमा प्रयास थालिनुपर्नेमा जोड दिइएको छ ।

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालय नयाँ दिल्लीका प्राविधिक अधिकृत डा ज्ञानेन्द्र गंगलले प्रत्येक नौ मिनेटमा एक जनाको रेबिजबाट मृत्यु हुने गरेको बताउँदै मृत्यु हुनेमा बालबालिका र गरिबको संख्या उच्च रहेको धारणा व्यक्त गरे ।

गरिबलाई कुकुरले टोकेपछि रेबिजविरुद्धको भ्याक्सिन र अन्य उपचार गर्न नसकेका कारण उनीहरुले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले रेबिजका भाइरल भएका शंकास्पद जनावरको टोकाइबाट १५ वर्षमुनिका ४० प्रतिशत बालबालिका प्रभावित हुने गरेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्रसंघका वरिष्ठ पशु स्वास्थ्य तथा उत्पादन अधिकृत डा। काटिन्का डे बालोगले रेबिजविरुद्धका भ्याक्सिनको माध्यमबाट यसलाई शतप्रतिशत रोक्न सकिने बताउँदै कुकुरको टोकाइपछि प्रभावकारी उपचार र कुकुरको बढ्दो संख्या रोक्नसकेमा रेबिज निर्मूल पार्न सकिने धारणा व्यक्त गरे ।

हरेक घरपालुवा वा अन्य कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन ९खोप० लगाउन अत्यावश्यक भएको चर्चा गर्दै उनले रेबिजबाट बचाउन विद्यालयस्तरबाटै बालबालिकालाई प्रभावकारी शिक्षा दिनुपर्ने बताए ।

तीन दिनसम्म चल्ने कार्यक्रममा रेबिज उन्मूलनका लागि हालसम्म भएका प्रयास र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा छलफल हुनेछ ।

पशु स्वास्थ्यका लागि विश्व संगठनका प्रतिनिधि पासागं सेरिगंले रेबिज उन्मूलनका लागि यसबारे सर्वसाधारणमा व्यापक जनचेतना जगाउनुपर्ने र यो रोग नियन्त्रणका लागि पनि दायित्व बोध गराइनुपर्नेमा जोड दिए ।

इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा केदार सेन्चुरीले हरेक वर्ष नेपालमा करीब तीन लाख रेबिजविरुद्धको भ्याक्सिन खरीद गरेर उपलब्ध गराउँदै आए पनि कुकुरको संख्या बढिरहेकाले अपुग भएको बताए ।

उनले कुकुरको नियन्त्रण गर्ने, कुकुरलाई भ्याक्सिन दिने र कुकुरले टोकेपछि तुरुन्त भ्याक्सिन लगाउनुपर्ने बताए ।

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको भ्यासिक्न कमी भएकाले यसमा विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्न निर्देशक डा सेन्चुरीले आग्रह गरे ।रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com