आफैँले पालेको घोडाले लात्ती हान्दा यज्ञ रावलको मृत्यु
प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार
वैशाख २०, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिमा आफैँले पालेको घोडाले लात्ती हान्दा बिहीबार यज्ञ रावलको मृत्यु भएको छ। मृतक रावल बाम्नी खर्क भन्ने वनमा गाईगोरु चलाउन जाने क्रममा आफैँले पालेको घोडाले लात्ती हानेको परिवारिक सदस्य जयदन रावलले बताए। घोडाले लात्ती हानेर घाइते भएका रावलको घरेलु उपचार गर्ने क्रममा मृत्यु भएको आफन्तले बताए। रावल नेपाली काँग्रेसको भातृ संगठन तरुण दल सचिवालय सदस्यसमेत हुन्।






