सुन तस्कर मुद्दामा आजबाट बयान सुरु


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

जिल्ला अदालत मोरङमा हिजो दर्ता भएको सुन तस्कर ६३ जनाविरुद्धको मुद्दामा आजबाट अभियुक्तहरुको बयान सुरु हु“दैछ । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिको अध्ययनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको अभियोगमा पूर्व डीआईजी, बहालवाला एसएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ । गोरेको नेतृत्वमा सन् २०१५ देखि पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको दाबी छ । मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको छ ।

मुद्दामा अभिुयक्त बनाइएकाहरु मध्ये ७ प्रहरी अधिकारीसहित २९ जना पक्राउ परेका छन् । प्रतिवादी बनाइएका मध्ये मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ फरार छन् । सरकारी छानविन समितिले चुडामणि उप्रेती ‘गोरे’ समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न समिति बनेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com