‘दिल्ली छोरीहरुका लागि बस्ने ठाँउ होइन’
प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार
महिला खबर
ललितपुर । ‘पुरुषहरुले हामी मानव नै होइनौ जस्तो व्यवहार गर्छन् ।’ नयाँ दिल्लीका आम महिलाहरुले सँधैजसो गरिरहने गुनासो हो । नयाँ दिल्लीमा स्कुले किशोरीहरु ‘हिँड जाऔं, हिँड जाऔँ’ भनेर कराउँदै सभाकक्ष तर्फ दौडिए र लाईनमा उभिए, अनि मुठ्ठी कसेर प्रतिरक्षात्मक मुद्रामा झुके ।
‘ओस्स् !’ तिनीहरुले कराँते खेल्दा गरिने अभिवादन जापानी भाषामा धक्का र दृढ रहन बोलिने शब्दमा चिच्याए । त्यसपछि तिनीहरु मुक्का, कराँते चप र किकहरुको श्रृखंलाको शरुआत गर्नु अगाडी बढ् र आफ्नो गुरुका अघिल्तिर अलिकती झुके ।

‘नहाँस् !’ ढाडमा ‘महिलालाई सम्मान गरौं’ भनेर लेखिएको टि–र्सट लगाएकी प्रहरी हवल्दार रेनुले भनिन् – ‘के तिमीहरुलाई आक्रमण गर्दा तिनीहरु हाँस्छन् भन्ने सोच्छौ ?’ उनले थप भनिन्, – तिमीहरुले रिसाएर जवाफी हमला गर्नुपर्छ ।
किशोरीहरुले आफ्नो हाँसो दबाए, अधिक दृढ संकल्पकासाथ हावामा मुठ्ठीहरु बर्षाए । यो उनीहरुको साताै आत्मरक्षा तालिम हो ।
तालिममा सहभागीहरुले धेरै विश्वस्त भएको महसुस गरिरहेका थिए । नयाँ दिल्ली प्रहरिद्वारा आयोजना गरिएको १० दिने श्रृङ्खला हवल्दार रेनुले विगत ८ वर्षदेखि शहरका सार्वजनिक स्कुल तथा विश्व विद्यालयहरुमा निःशुल्क सिकाइरहेकी छन् । जहाँ कँराते, तेक्वान्दो र जुडोका चालहरु समेटिएका छन् ।

दिल्ली प्रहरी ब्यारेकमा आत्मरक्षा तालिम शिविरमा अभ्यास गर्दै बालिकाहरु
धेरै महिला अधिकृतहरुबाट सिकाईने यी खेलहरुमा महिलाका लागि गृष्मकालीन र सितकालीन शिविरहरु समेटिएका छन् । वकिलको नेतृत्वमा संचालित ‘युवाहरुका लागि लैङ्गिक सचेतना’ सम्बन्धि शिक्षासत्र जहाँ अप्ठ्यारोमा परेका महिलाहरुलाई कसरी सहयोग गर्ने र सार्वजनिक स्थानमा उनीहरुप्रति कसरी अधिक सम्मान प्रकट गर्ने भन्नेकुरा पुरुषहरुलाई सिकाईन्छ ।
आगमी ६ महिनासम्मलाई अनुबन्धित भईसकेकी हवल्दार रेनुले भनिन्, ‘देशभित्र भएका क्रुर हमलाको बारेमा बयान गर्ने समचारका शिर्षकहरुको प्रवाहसँगै महिला र किशोरीहरुमा उत्पन्न हुने चिन्ताले उनलाई सताईरह्यो ।
हालसालै मात्र आठ वर्षीया बालिकाको अपहरण पछि सामुहिक बलात्कार र हत्यापछि व्याप्त राष्ट्रिय आक्रोशलाई स्मरण गर्र्दै उनले भनिन् ।
सन् २०१२ मा एक २३ वर्षीया महिला ज्योती पाण्डे सिंह बसमा यात्रा गर्दा कुटपिट र सामूहिक बलात्कार पछि सख्त घाइते भईन् । यस आक्रमणले भिषण सार्वजनिक बहस उत्पन्न गर्यो । यसले महिलाहरुलाई अगाडि आउने र यस्ता आक्रमणमा परेकाहरुलाई न्यायको लागि दबाब दिन साहस दियो न की एक्लै दुःखी हुने, बोल्न लाज मान्ने ।
एक इन्डियन गृहिणी शिविरमा अभ्यास गर्दै ।
गत मंगलबार बिहान हवल्दार रेनु एक कन्या स्कुलमा ११ देखि १७ वर्षका किशोरीहरुलाई सडकमा हिंडिरहेको बेला पुरुषहरुले कसरी पछाडिबाट समात्छन् र त्यस्तोबेला कसरी टाउकोमा धक्का दिने वा गर्धनमा झट्का दिन सकिन्छ भनेर संभावित परिदृश्यको बारेमा जानकारी गराउँदै थिइन् ।
ति हरेक घटनामा किशोरीहरुले एउटै स्वरमा तिनीहरुलाई सिकाए बमोजिम घुरेर, लात मारेर र मुक्का हानेर प्रतिकृया दिए ।
‘तालिमका क्रममा हामी उनीहरुलाई आक्रमणमा पर्दा सहयोगको लागि कसरी सकेसम्म ठूलो आवाजमा कराउने भनेर सिकाउँछौ ।’ सामान्यतया महिलाहरु खुल्दैनन । तिनीहरु समस्यामा छन् भनेर अरुलाई सावधान राख्न हंगामा गर्न जरुरी छ’ रेनुले भनिन् ।
‘यस्तो आवाज बनाउन सक्नु आफैमा सशक्तिकरण हो’ उनले थपिन् – दिल्लीका एक नवआगन्तुकले शारीरिक व्यायाम गर्न र सावधान रहन दिएको चेतावनीले मलाई गम्भिर बनायो । उनी आफ्नो छोरी र उनका बच्चाहरुलाई भेट्न दिल्ली आएका थिए ।’
‘भगवानलाई धेरै धन्यवाद छ किनकी हाम्रो नाती जन्मियो । दिल्ली छोरीहरुको लागी बस्ने ठाँउ होइन ।’ ति हजुरबाले भने । तिनीहरुले सुचीबद्व गरेको चिन्ता र डरलाग्दो सपनाको परिदृश्यले मलाई प्रहार गर्यो ।
यता अभ्यास कक्षमा १६ वर्षीया विद्यार्थी मोना शम्शेरले सुमो स्क्वाटमा मुक्का प्रहार गर्दै आफ्नो मनपर्ने प्रहार देखाइन् । ‘मलाई यो मनपर्छ किनभने यो मेरो उचाईको लागि ठिक छ’, उनले भनिन् ।
गत वर्ष जब उनकी ठूली दिदी छिमेकमा एक्लै हिडिरहेको बेला आक्रमणमा परिन् । त्यसपछि स्कुलले आत्मरक्षा तालिमको प्रस्ताव गर्यो । यद्यपि यस महिनासम्म पनि सडकमा उनले सुरक्षित महसुस गरेकी थिइनन्’ मोनाले भनिन् ।
‘अहिलेसम्म पनि केटीहरु सुरक्षित छैनन्’ उनले भनिन् – पुरुषहरुले हामीलाई यस्तो व्यवहार गर्छन् की हामी मानव नै होइनौं ।’ ‘यसले मलाई आत्मविश्वास दिन्छ’ कस्सिएको मुठ्ठीलाई हत्केलामा रगड्दै उनले भनिन् ।






