आधिकारिक ट्रेड युनियनले कामु प्रधानन्यायाधीश जोशीलाई ध्यानाकर्षणपत्र


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

वैशाख १९, काठमाडौं । सर्वोच्च अदालत विभागीय आधिकारिक ट्रेड युनियनले संवैधानिक निकायबाट हुने सरुवा बढुवालगायतका काम कारबाही निश्चित मापदण्ड बनाएर गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

टे«ड युयिनयका उपाध्यक्ष दलबहादुर बजिमय, सचिव हरि भट्टराईसहितको टोलीले आज कामु प्रधानन्यायाधीश जोशीलाई बुझाउनुभएको ध्यानाकर्षणपत्रमा पदपूर्ति, सरुवा, पदस्थापन, स्वदेश÷विदेश अध्ययन, अवलोकन भ्रमण, तालीम जस्ता काम कारबाही क्यालेन्डर तथा निश्चित मापदण्ड बनाएर गर्नुपर्ने उल्लेख छ ।

कुनै मापदण्डबिना मनोमानी ढंगले यस्ता क्रियाकलाप गर्ने परम्पराको अन्त्य गर्दै अबका दिनमा पारदर्शी एवं कानूनसम्मत बनाउन ट्रेड युनियनले माग गरेको छ ।

कामु प्रधानन्यायाधीश जोशीले मागलाई आफूले गम्भीरतापूर्वक लिएको जानकारी दिँदै आगामी दिन निश्चित मापदण्ड बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com