प्रचण्डले भेटे, न्यूरो अस्पतालमा उपचाररत डा. उपेन्द्र देवकोटालाई


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

वैशाख १९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।
डा देवकोटालाई भेट्न अस्पताल पुगेका दाहाल करिब १० मिनेट अस्पतालमा बसेका थिए। उनले डा देवकोटाको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया लगायतका विषयमा जानकारी लिएको अस्पतालले जनाएको छ।

बेलायतमा पाँच महिना लामो उपचारपछि डा देवकोटालाई गत शनिबार नेपाल ल्याइएको हो। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य स्थिति स्थिर छ।

स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि डा देवकोटा उपचारका लागि श्रीमती डा. मधु दीक्षितसहित बेलायत पुगेका थिए। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको हो।

उनको उपचार सघन रुपमा चलिरहेको अस्पतालले जनाएको छ। डा देवकोटालाई लागेको रोग तथा स्वास्थ्य समस्याका विषयमा भने विज्ञप्तिमा उल्लेख गरिएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विज्ञप्तिमा अस्पतालमा डा देवकोटासँगको भेटघाटमा पूर्णरुपमा नियन्त्रण गर्नुपरेको पनि उल्लेख गरिएको छ।

शुभचिन्तकहरुलाई विज्ञप्तिमा भनिएको छ, ‘यहाँहरुको शुभेच्छारुका लागि यस अस्पतालमा शुभेच्छा पुस्तिका राखिएको छ। आफ्नो शुभेच्छा व्यक्त गरी घेटघाटको अनुरोध नगरिदिनुहुन सविनय अनुरोध गर्दछौं।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com