प्रहरीलाई घुस दिने चालक पक्राउ


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

वैशाख १९, काठमाडौं– प्रहरीलाई घुस दिने एक चालक पक्राउ परेका छन्। बुधबार बिहान बलम्बुमा प्रहरीले लु १ ख ९४६९ नम्बरका बसका चालक रुपन्देहीका अनिल खड्गीलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी हवल्दार सनिचर ठाकुरको कमाण्डमा खटिएको प्रहरीले खड्गीले चलाएको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा उनले प्रहरीलाई एक सय रुपैयाँ घुस दिएका थिए। घुससहित पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा पठाइएको बलम्बु प्रभागले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com