दश बर्षदेखि जापानमा बेपत्ता !


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

२०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी भएको थिएन ।

त्यस दिन जापान जान खोजेकी कान्छी छोरी सबिनाको ईच्छा पुरा भएको थियो ।

भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापना उडेकी थिईन ।

एक बर्षभन्दा बढी जाउलाखेलमा रहेको एक ईन्स्टिच्युटमा भाष सिेककी १९ बर्षीया सबनाले सुरुमा भिसा पाउने नपाउने निश्चित थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जापान भए भाग्य चम्किने भन्दै भिसा प्राप्तिका लागि उनले निकै दौडधुप गरेकी थिईन् ।

सबिना जापान पुगेको १७ महिनासम्म सोचेअनुसारकै परिस्थिति रह्यो ।

दुई बर्षपछि घर फर्कने भनिरहेकी सबिना जापानमा हराएको खबर एक्कासी पाएपछि निराश भएका परिवारमा १० बर्ष वितिसक्दा पनि खुसी फर्कन सकेको छैन ।

छोरीको खोजीको लागि पटक पटक मन्त्रालयदेखि जापनास्थित नेपाली राजदुतावास र जापनको प्रहरीसमक्ष निवेदन दिईसकेको छु, सानुलालले भने, अहिलेसम्म छोरीको अवस्था के भन्नेबारे कुनै जानकारी पाउन सकिएको छैन । आजको नागरिक दैनिकमा यो खबर छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com