श्रीमान्को कुटाइबाट सिरहामा एक महिलाको ज्यान गयो


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

वैशाख १८, सिरहा । आफ्नै श्रीमान्को कुटाइबाट सिरहामा एक महिलाको ज्यान गाएको छ । गोलबजार नपा–७ चोहर्वाका ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको ज्यान गएको माइती पक्षले आरोप लगाएका छन् ।

मंगलबार बेलुका मरणासन्न हुनेगरी कुटपीट गरी बहोस भएका प्रभालाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रभादेवीका दाजु रामसागर शर्माले बताए ।

गत वर्षमात्र वैदेशिक रोजगारीबाट आएका कृष्णाले यसअघि पनि आफ्नो बहिनीलाई पटक पटक कुटपीट गर्ने गरेको रामसागरले जानकारी दिएका छन् ।

प्रभाको शव पोष्टमार्टमको लागि लगिने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । मृतको नाकबाट हल्का रगत आएकोले कुटपिटको आशंका गरिए पनि पोष्टमार्टमपछि मात्र केही भन्न सकिने प्रहरीेले जनाएको छ ।

प्रहरीले कृष्णलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । उनीहरुको एक १६ महिनाको छोरी रहेको छ, भने ३ महिनाको गर्भसमेत रहेको परिवारजनले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com