प्रधानमन्त्रीलाई डा. मिनेन्द्र रिजालले भने, अरुलाई खिसिटिउरी गर्ने होइन, काम गरेर देखाउनुस्


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

वैशाख १८, बुटवल । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकार नदेखाउन आग्रह गरेका छन् ।

संसारका हरेक तानाशाहको जन्म ‘म मात्र ठीक छु, अरु कोही पनि ठीक छैन’ भनेर हुने भन्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिहरुले कम्युनिष्ट सरकार पनि त्यही बाटोमा अघि बढ्न लागेको त होइन भन्ने शांका लागेको बताए ।

बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘यति ठूलो बहुमत हुनेले गफ गर्ने होइन, काम गरेर देखाउनुस् । उहाँको काम बोलेर खिसीटिउरी गर्ने होइन, काम गरेर देखाउने हो ।’

‘मलाई नपत्याए हुन्छ, गरेर देखाएपछि भएन ?’ भन्ने प्रधानमन्त्रीको सोमबारको अभिव्यक्ति सही भएको भन्दै कांग्रेस नेता रिजालले भने, ‘हामीले हात समाउन गएका छैनौं । गरेर देखाउनुस्, हामी पनि खुसी हुन्छौं । आम नागरिकले पनि हार्इहार्इ गर्छन् । आफ्नै प्रशंसा आफैं गरेर हिड्न जरुरी छैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, ‘म मात्र ठीक छु, अरु कोही पनि ठीक छैन । अन्तिम सत्य मैले देखेको छु, अरुले देखेको छैन । अरु सब गलत हुन्’ भन्ने प्रधानमन्त्रीको सोचमा समस्या रहेको उनले बताए । ‘मलाई एउटा उदाहरण दिनुस्, म गलत छु, अरु सबै ठीक छन् भने दुनियाँमा कुन चाहिँ तानाशाह भएको छ रु’ कांग्रेस नेता रिजालले भने, ‘हरेक तानाशाहको जन्म म ठीक छु, अरु सबै गलत छन् । मैले ठीक गर्न लाग्दा अरुले रोक्न थाले । यिनलाई पराजित गर्नुपर्छ भनेर भएको छ ।’

कांग्रेस केन्द्रीय सदस्य रिजालले अहिले पार्टीभित्र विवाद गर्ने बेला नभएको बताए । उनले भने, ‘कांग्रेसभित्र कचरपचर गर्ने बेला छैन, मिलापका साथ अघि बढ्नुपर्छ ।’

सरकारले विन्रम्रता देखाउनुको साटो पेल्ने थिचोमिचो गर्ने गरेको भन्दै उनले कम्युनिष्ट सत्तालाई लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसको भूमिका रहने बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com