सरकारको भक्तपुर–काभ्रे जोड्ने गरी सुरुङमार्ग निर्माण गर्ने तयारी


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

वैशाख १८, काठमाडौं । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा भक्तपुर–काभ्रे जोड्नेगरी सुरुङमार्ग निर्माण गर्ने कार्यक्रम समावेश गर्ने तयारी गरेको छ । सो सुरुङमार्गले कोटेश्वर पूर्वको बढ्दो ट्राफिक जाम कम गर्ने सरकारको अनुमान छ ।

सूर्यविनाकय–धुलिखेल सुरुङमार्गका लागि जापान सरकारसँग ऋण सम्झौताको तयारी भइरहेको सडक विभागको वैदेशिक शाखाका उपनिर्देशक सञ्जय श्रेष्ठले जानकारी दिए । उनकाअनुसार गत मार्चमा जापानी अन्तराष्ट्रिय सहयोग नियोग ९जाइका०को एउटा टोलीसँग सुरुङ मार्ग निर्माणबारे छलफल गरेको छ । मे महिनामा ऋण सम्झौता भएर काम अघि बढाउने तयारी रहेको जानकारी दिए।

भक्तपुरको पलाँसेबाट साँगा निस्कने गरी करिब १।५ किमी धुलिखेलतर्फबाट आउने र भक्तपुरतर्फबाट जाने दुई फरक फरक लेनका सुरुङ मार्ग निर्माण हुने उनले बताए । उनका अनुसारसुरुङमा चौबीसै घण्टा भेन्टिलेटर, सिसी क्यामरा, अग्नि नियन्त्रक उपकरण र बत्तीको व्यवस्था गरिनेछ।

सुरुङमार्गसहित सो स्थानको १६ किलोमिटर सडक ८ लेनमा विस्तार गर्न कूल २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com