डा. उपेन्द्र देवकोटा बेलायतमा उपचार गराएर ६ महिनापछि फर्किए स्वदेश


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

वैशाख १७, काठमाडौं । – वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा बेलायतमा उपचार गराएर ६ महिनापछि स्वदेश फर्किएका छन् । पित्त थैलीमा समस्या देखिएपछि डा. देवकोटालाई थप उपचारका लागि बेलायत लगिएको थियो ।

डा. देवकोटा आइतवार श्रीमती डा. मधु देवकोटासँगै आइतवार स्वदेश फर्किएका हुन् ।

बेलायतको लन्डनस्थित किङ्स कलेज अस्पतालमा उपचार गराएका डा. देवकोटाको स्वास्थ्यमा सुधार भएको पारिवारिक स्रोतले जनाएको छ ।

सफल न्यूरो सर्जनका रुपमा अन्तर्राष्ट्रियस्तरमै पहिचान बनाएका डा. देवकोटाले आफ्नो अध्ययन पनि बेलायतमै पूरा गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डा. देवकोटा बिरामी भएपछि उनको स्वास्थ्य लाभको कामना गर्दै बरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालको अगुवाइमा पशुपतिमा दीप प्रज्वलन गरिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com