सकारात्मक सोंच, चिन्तनको खाँचोः सभामुख महरा


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

वैशाख १७, काठमाडौं । सभामुख कृष्णबहादुर महराले देशलाई सकारात्मक सोंच, चिन्तनको खाँचो रहेको बताएका छन् । ब्रह्मकुमारी राजयोग केन्द्रले कलंकीस्थित संगम कोलोनीमा निर्माण गरेको शिव भवनको आज ९सोमबार० उद्घाटन गर्दैै सभामुख महराले यस्तो बताएका हुन् ।

धर्म, समूह, पार्टी वा समुदायको साँघुरो घेराबाट माथि उठेर सकारात्मक सोंच चिन्तन गर्न सके मात्रै समाज र समग्र राष्ट्रको उन्नति हुने भन्दै सभामुख महराले अहिले देशलाई रुपान्तरणसहितको सकारात्मक चिन्तनको खाँचो रहेको बताऐ । ‘देशलाई अहिले सकारात्मक सोंच, चिन्तनको खाँचो छ, उनले भने, ‘हामी सबैले धर्म, समूह, पार्टी वा समुदायको घेराभन्दा माथि उठेर काम गर्नुपर्छ ।’

ब्रह्मकुमारी राजयोग केन्द्रले सकारात्मक चिन्तन पद्धतिको विकास गर्ने अभियान सञ्चालन गरेर उदाहरणीय काम गरेको भन्दै सभामुख महराले समाजमा शान्ति, सद्भाव स्थापना गर्न होस् वा तनाव व्यवस्थापन गर्न राजयोगले राम्रो भूमिका खेलिरहेको बताए । ‘समाजमा शान्ति र सद्भाव स्थापना गर्न र तनाव व्यवस्थापन गर्न राजयोगले राम्रो भूमिका खेलेको मैले बुझेको छु, महराले भने, ‘आम मानिसमा रुपान्तरणसहित सकारात्मक सोंचको विकास गर्नतर्फ राम्रो भूमिका खेलेको छ ।’

ब्रह्मकुमारी राजयोगले अंगालेको दर्शन परम्परागत धर्म, पूजापाठसँग जोडिएको नभई अद्यात्मिक दर्शन र भौतिकवादको समिश्रण रहेको आफूले बुझेको सभामुख महराले बताए । हृदयदेखि नै सकारात्मक रुपान्तरण राजयोगको मूल सारतत्व रहेको आफूले बुझेको सभामुख महराले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजयोगले परिकल्पना गरेको शान्त र समृद्ध समाजको चाहनामा आफू पनि सँगसँगै रहेको भन्दै सभामुख महराले देशको नीति निर्माण गर्ने थलो संसदमा पनि सकारात्मक चिन्तन पद्धतिको खाँचो रहेकोमा जोड दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com