झापामा करेन्ट लागेर एक जना मृत्यु


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

वैशाख १७, भद्रपुर, झापा । झापाको भद्रपुरस्थित दूध चिस्यान दूध लिएर गएका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका १ का ५५ वर्षीय बालकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए। प्रहरी निरीक्षक पौडेलका अनुसार भद्रपुर(१ स्थित हिमाली चोकमा रहेको किचकवध कृषि सहकारी संस्थाद्धारा सञ्चालित चिस्यान केन्द्रमा सोमबार बेलुका दूध लिएर गएका उनले चिलिङ्ग भ्याट मेशिनमा दूध राख्ने क्रममा करेन्ट लागेको प्रत्यक्षदर्शीले प्रहरीलाई जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि भद्रपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले बताए। तामाङ्ग किचकवध कृषि सहकारी संस्थाका सञ्चालक तथा हिमाली विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com