तेक्वान्दो संघले अनाथ आश्रामलाई तेक्वान्दो खेल सामग्री हस्तान्तरण


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

वैशाख १७, काठमाडौं । नेपाल तेक्वान्दो संघले विश्व तेक्वान्दो महासंघ ९डब्लटिएफ० संगको सहकार्यमा तेक्वान्दो केयर्स नेपाल कार्यक्रमबाट अनाथ आश्रामलाई तेक्वान्दो खेल सामग्री हस्तान्तरण गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा संघले विभिन्न ९ आनाथ आश्रमलाई खेल सामग्री हस्तान्तरण गरेको हो ।

संघले कुल ६ लाख बराबरको खेल सामग्री ९ संस्थालाई हस्तान्तरण गरेको हो । नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले ९ संस्थालाई खेल समाग्री हस्तान्तरण गरे । संघले दिएको खेल सामग्रीमा चेस्ट कभर, किकिङ प्याड, ग्रोइन गार्ड, सिन गार्ड, फोम गार्ड र हेड गार्ड रहेका छन् ।

यसअघि डब्लुटिएफकै सहयोगमा संघले ९ संस्थामा आफ्नै प्रशिक्षक मार्फत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । उक्त तेक्वान्दो केयर्स नेपाल गत वर्षको मार्चदेखि डिसेम्बरमा सम्पन्न भएको थियो । सोही अवधीमा संघले अनाथ आश्रमबीच तेक्वान्दो प्रतियोगितालगायत विभिन्न कार्यक्रम गरिसकेको छ । उक्त कार्यक्रमबाट २९५ बालबालिका तेक्वान्दो खेलबाट लाभन्वित भएको संघले जनाएको छ ।

कार्यक्रममा बोल्दै नयाँ समाज नेपालका प्रशिक्षक अर्जुनभक्त राइले संघले अनाथ बालबालिकालाई खेल प्रति बनाएको लगाव निकै साह्रानीय रहेको बताए । उनले यस्ता कार्यक्रम आगामी दिनमा पनि हुन सके तेक्वान्दो खेल नयाँ सिराबाट विकास हुने कुरा औँल्याए ।

उक्त कार्यक्रममा संघका प्रवक्ता एवं सचिव दीपक विष्ट, केन्द्रीय सदस्य नोर्बु लामा र बद्री घिमिरेलगायतको उपस्थिती रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com