मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

वैशाख १६, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका ४ मा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

अर्का दुई जना घाइते भएका छन् । दुर्घटनामा जिराभवनी गाउँपालिका(१ बलुवा निवासी २८ वर्षका महेन्द्र मुखिया विन र २० बर्षका भोज मुखिया विन मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

त्यसैगरी जिराभवानी गाउँपालिकाकै रामबाबु मुखिया विन र धनीलाल मुखिया विन घाइते भएका छन् । भोजको वीरगञ्ज हेल्थ केयर अस्पतालमा र धनीलाल मुखिया विनको न्युरो सर्जिकल अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार मध्यराति पौने बाह्र बजे चारै जना एउटै अनटेष्ट मोटरसाइकलमा सवार थिए । मोटरसाइकल पोखरिया नगरपालिका, ४ कृष्ण आयल स्टोर नजिकै बिग्रेर बनाउन राखिएको ना ४ त ९६०७ नम्बरको ट्याक्टरमा ठोक्किदा दुर्घटना भएको थियो ।

पर्साको जीराभवानी गाउँपालिका १ बलुवाबाट जन्ती गएर बिन्ध्यबासिनी गाउँपालिका(१ गर्दौलमा जन्ती गएर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनालगत्तै प्रहरी पुगेर घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ । अत्यधिक मादक पदार्थ सेवन गरी चार जना बसेर तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com