कञ्चनपुरमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

वैशाख १७, कञ्चनपुर । कञ्चनपुरको कलुवापुर बेलौरी सडक खण्डको बन्साहामा सोमबार म १ ख ६४५ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय झलारीका अनुसार घाइते हुनेमा बेदकोट नगरपालिका ६ का मुनि राना, सोही नगरपालिका–२ का दैजीका जानकी जोशी, शान्तिपुरका लक्ष्मी राना, राधिका राना, धना सेठी सुवेदी, उपासना जोशी, शुक्लाफाँटा नगरपालिकाका उद्धव सिंह रावल, नन्दा भट्ट, बेलौरीका गणेश राना, लालझाडी–६ का राजकुमारी चौधरी र महाकाली नगरपालिकाका झुपा भण्डारी घाइते भएका छन्। यसैगरी, घाइते हुनेमा कैलाली अत्तरियाका लोकेन्द्र जोशी, लक्ष्मण भट्ट, डडेल्धुराको पर्शुराम नगरपालिका १० बस्ने जित विष्ट, गणेश कुँवर र धन सिंह कुँवर घाईते भएका छन्। घाइतेको झलारीस्थित निजी मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बताए। घाइते सबैको अवस्था चिन्तामुक्त रहेको उनले बताए। बसका चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन्। दु्रत गतीमा रहेको बसको गति नियन्त्रण गर्न नसक्दा बस दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com