शैक्षिक प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन माग


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

काठमाडौँ, १६ वैशाख । शैक्षिक प्रमाणपत्र धितो राखेर निर्ब्याजी ऋण उपलब्ध गराउन माग राख्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था यसअघि नै भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा खतिवडाले विद्यार्थी संगठनको माग सम्बोधन गर्न आफू र वर्तमान सरकार तयार रहेको बताए ।

ज्ञापनपत्र बुझाउन पुगेका अनेरास्ववियू ९क्रान्तिकारी०का महासचिव उत्तम अधिकारीले आर्थिक वर्ष २०७५र७६ को बजेट निर्माणको तयारी भइरहेको बेला शैक्षिक प्रमाणपत्र धितोमा राखी निर्ब्याजी ऋण उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए ।

ज्ञापनपत्र बुझाउन अनेरास्ववियू, नेपाल विद्यार्थी संगठन, अखिल ९क्रान्तिकारी० लगायत विद्यार्थी संगठनका नेता मन्त्रालय पुगेका थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com