पर्सामा यातायात निर्देशिका खारेजीको माग गर्दै यातायातकर्मी आन्दोलित


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

वैशाख १६, वीरगन्ज । नेपाल सरकारले चैत्र १८ गते सार्वजनिक गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै पर्सामा यातायातकर्मी आन्दोलित भएका छन् । यातायातकर्मी र संगठनसंग सल्लाह सुझाव नै नलिर्इ एकलौटि रुपमा सरकारले ल्याएको निर्देशिका खारेजीको माग गर्दै सोमवार अञ्चल यातायात व्यवस्था कार्यालय नारायणी वीरगन्ज अगाडि यातायातकर्मीहरुले धर्ना प्रदर्शन गरेका हुन ।

संयुक्त यातायात व्यवसायी आन्दोन परिचालन समिति पर्साको आयोजनामा बिहान १० बजे देखि ११स्३० बजेसम्म यातायातकर्मीहरुले कार्यालय अगाडि धर्ना प्रदर्शन गरेका हुन ।

संयुक्त यातायता व्यवसायी आन्दोलन परिचालन समिति पर्साका संयोजक विनोद कुमार मानन्धरको अध्यक्षतामा आयोजना गरिएको धर्ना कार्यक्रमलाई नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रभुप्रसाद कलवार, संयुक्त आन्दोलन परिचालन समिति प्रदेश नं। २ का संयोजक जगरजनाथ प्रसाद कलवारलगायतका वक्ताहरुले देश भरीकै याताकर्मीसंग कुनै सल्लाह सुझाव नै नगरी सरकारले एकलौटिरुपमा ल्याएको निर्देशिका खारेज नगरे देशव्यपारी रुपमै आन्दोलन चरकाउने चेतावनी दिए ।

२० वर्ष पूगेका नीजी सवारीलाई थनकाउन सरकारले नीति बनाए पनि सोभन्दा पुरान सरकारी सवारी संचालनमा रहेको प्रति आपत्ती जनाउदै वक्ताहरुले सर्वसाधारणका लागि एउटा र सरकारका लागि अर्को कानुन मान्य नहुने बताएका थिए ।

यातायातकर्मीहरुको राय सुझावमा सरकारले ल्याएको यातायात निर्देशिका संशोधन नगरिए यसको खारेजीका लागि पाँच वटै यातायात महासंघ मिली यातायात कर्मीका अधिकारका लागि आन्दोलीत हुने बताएका थिए ।

यही बैशाख १७ र १८ गते सरकारले ल्याएको निर्देशिका विरुद्धको आन्दोलनका लागि यातायात व्यवसायीलाई गोलबद्ध गरिने, वैशाख २१ गते देश भरी व्यवसायीले आ–आफ्नो सवारीलाई घरमा थन्काउने र सोपछि पनि सरकराले आफ्नो अडानमा कायम रहे वैशाख २७ गते देखि अनिश्चिकालका लागि देश व्यपारीरुपमा यातायता बन्द गरी आन्दोलनमा उत्रिने कार्यक्रम रहेको पर्सा संयोजक मानन्धरले जानकारी दिए ।

अञ्चल यातायात कार्यालयको मुलगेटमा याताकर्मी धर्ना बस्न खोज्दा प्रहरील समान्य बल प्रयोग गरी गेटबाट हटाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com