दुई बालकको हत्या गरी फरार दिलिप कुमार यादव पक्राउ


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

वैशाख १६, काठमाडौं । दुई बालकको हत्या गरी फरार भएका दिलिप कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। यादवले काठमाडौंको बानेश्वर शान्तिनगर स्थित सुकुम्बासीटोल स्थित एक घरमा बस्दै आएका सप्तरी मल्हानियाका ८ वर्षिका सुशिल सरदार र ६ बर्षका सुजल सरदारको बैशाख ९ गते हत्या गरेका थिए। हत्या लगतै फरार भएका यादवलाई महानगरीय अपराध महाशाखाको टोलीले सिराहा मलहानिया गमहरिया(२ बाट शनिबार पक्राउ गरेको हो। यसरी भएको थियो घटना दिलिप यादव र श्याम सुन्दर सरदारको पहिलो श्रीमती सम्झना सुन्दास सरदार करिव एक बर्षदेखि संगै बस्दै आएका थिए। सम्झनाले श्याम सुन्दरसंगै हुदा दुई बच्चा जन्माएका थिए। श्याम सुन्दरले छाडेपछि दुई बच्चा सहित यादव संग बस्न पुगेका सम्झाना पछि दिलिपले बच्चाहरुलाई अभद्र व्यवहार गर्न थालेपछि छुटै बस्न थालेका थिए। सम्झना कामको खोजीमा विराटनगर पुगेका बेला यादवले सम्झनाका दुई बालकको हत्या गरेका थिए। यादवलाई आवश्यक कारवाहीको लागी महानगरीय वृत्त वानेश्वर पठाईएको अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रतीले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com