अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकियो, १० बुँदे घोषणापत्र जारी गर्दै


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

वैशाख १६, सम्मेलनले लुम्बिनीलाई बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ ।

सम्मेलनमा २३ देशका अन्तर्राष्ट्रिय बौद्ध विद्वान्, धर्मगुरु, भिक्षु, भिक्षुणी लगायतको सहभागितामा थियो । सम्मेलनले लुम्बिनी भगवान् बुद्धको जन्मस्थल, बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्विका गर्दै प्रवर्द्धन गर्ने प्रतिबद्धता गरेको छ ।

लुम्बिनी घोषणापत्र २०१८

१। सन् २०१६ मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लिेखित लुम्बिनी नेपाललाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वरुपमा प्रवर्द्धन गर्ने ।

२। केन्जो टागेंद्वारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने ।

३। अन्तरआस्था, संवादको प्रवर्द्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको निम्ती एक भइ काम गर्ने ।

४। लुम्बिनीमा शान्ति र द्वन्द्वको निरुपणको लागि अन्तराष्टिय केन्द्र स्थापना गर्ने ।

५। लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थलको सर्किटको रुपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका म्यानमार, बंगलादेश, चीन र पाकिस्ताको बौद्ध सम्पदाहरुलाई प्रवर्द्धन गर्ने ।

६। बृहत्तर लुम्बिनीको पुरातात्विक, संस्कृतिक र प्राकृतिक सम्पदाहरुलाई एकीकृतरुपमा व्यवस्थापन गरी संरक्षण गर्ने ।

७। बृहत्तर लम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदुषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने ।

८। कपिलवस्तु ९बुद्ध र शाक्यको मातृभूमि०, देवदह ९महारानी मायादेवीको माइतीघर०, रामग्राम ९बुद्धको अस्तुधातु भएको स्थल० हरुको बृहत् महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किट अन्तर्गतको रुपमा एकीकृत बृहत् लुम्बिनी गुरु योजनाको रुपमा निर्माण गर्ने ।

९। बौद्ध शिक्षाको लागि लुम्बिनीलाई विश्व केन्द्रको रुपमा विकास गर्ने ।

१० लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरुको सञ्जालको लागि शुभारम्भ गर्ने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com